ग्लोबल आईएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, १० प्रतिशत बढी ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2019 | 08:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक  Global IME Bank Limited  ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ  ।  बैंकले फागुन १५ देखि  प्रति कित्ता १ हजार रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । 

कुल १५ लाख कित्त्ता मध्ये ९ लाख कित्ता व्यक्तिगत तबर (private placement) बाट र बाँकि ६ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सकिने बैंकले जनाएको छ  । ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषको छुट्याइएकोमा ३ हजार कित्ता मात्र बिक्रि भएको बैंकले जनाएको छ  । कोषहरुलाई छुट्याइएर बिक्रि नभएको २७ हजार कित्ता समेत सर्वसाधारणलाई बिक्रि हुनेछ  । 

०.५% ग्लोबल आइएमई डिबेञ्चर २०८०' नाम दिइएको यस ऋणपत्रको अवधि ५ बर्षको रहने र अर्धवार्षिक रुपमा बार्षिक १०.२५ प्रतिशत ब्याजदर  प्राप्त हुने बैंकले जनाएको छ । ऋणपत्रको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ७५ हजार कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ  । 

 सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ । कम्पनीको ऋणपत्र इक्रा एलए माइनस रेटिंग पाएको छ । यसले ऋणपत्रमा न्यून कर्जा जोखिम जनाउछ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved