बर्षभरमा ९३ अंकले घट्यो नेप्से, अन्तिम दिन पनि रातै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 05:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बर्षको अन्तिम दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक आज ०.५९ बिन्दुले घटेर एक हजार १८४.०२ बिन्दुमा पुगेको हो । आज कूल १७० कम्पनीका १२ लाख ५१ हजार २४१ कित्ता शेयर खरिद बिक्रिबाट ३९ करोड ६४ लाख २१ हजार ५ सय १ रुपियाँको कारोबार भएको छ ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर भने बढेको छ । होटल ११.४८, वित्त ३.४२, उत्पादन ३१.८५ र अन्य उपसमूह ३.०३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ०.५५, विकास बैंक १.२९, जलविद्युत् ०.३८, निर्जीवन बीमा ५.७२, लघुवित्त ०.०३, जीवन बीमा ९.१३ बिन्दुले बढेको छ । आज कुमारी बैंकको सबै भन्दा धेरै तीन करोड ६३ लाख नौ हजारको कारोबार भएको छ।त्यस्तै एनएमबी बैंकको तीन करोड सात लाख आठ हजार ५८४, एनआइसि एशिया बैंकको दुई करोड ५६ लाख ४७ हजार ३८४, नेपाल बैंक लिमिटेडको एक करोड ५८ लाख एक हजार ११० र प्रभु बैंकको एक करोड ४२ लाख ९२ हजार ८६ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

आज एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९२ प्रतिशतले कमाए । यस्तै एनएजी इन्स्योरेन्स कम्पनी ४.८८, सगरमाथा इन्स्योरेन्स ३.०१, मितेर डेभलपमेन्ट बैंकका शेयरधनीले २.९८ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ८.६४ प्रतिशतले गुमाए । जानकी फाइनान्स ४.६२, युनिलिभर नेपाल लिमिटेड ३.९५, भागर्व विकास बैंक ३.४८ र युनाइटेड फाइनान्सका शेयरधनीले ३.४६ प्रतिशतले गुमाएका छन् ।

२०७४ सालको कारोबारको अन्तिम दिन नेप्से सूचक १२७७.५५ बिन्दुमा रहेकोमा ७५ सालको अन्तिम दिन नेप्से सूचक ११८४.०२ बिन्दुमा पुगेको छ । यस हिसाबमा यस बर्ष अर्थात् २०७५ सालमा नेप्से सूचक ९३.५३ अंकले घटेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved