कमोडिटी एक्सचेन्ज संचालनका लागि पुन आवेदन आह्वान, 'अयोग्य'लाई समेत मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 03:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्चेन्ज)  सञ्चालन गर्न पुन निवेदन आह्वान गरेको छ । यस अघिका सबै निवेदन अयोग्य भएको ठहर गर्दै बोर्डले पुन आवेदन माग गरेको हो । 

 बोर्डले २ वटा कम्पनीलाई मात्र बजार संचालकको अनुमति दिने तयारी गरेको छ । धेरै आवेदन आएमा योग्य आवेदक मध्ये उत्कृष्टताका आधारमा २ वटालाई मात्र अनुमति दिइने बोर्डले जनाएको छ । बोर्डले मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसयको विकास, वस्तु कारोबारको सम्भाव्यता, ततहा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी बस्तु विनिमय बजारको लागि संचालन स्वीकृति दिन लागिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरिले बताए । 

बोर्डले २ महिना भित्र इच्छुक कम्पनीलाई आवेदन दिन आग्रह गरेको छ । आएका आवेदन मध्ये कम्पनीको पुंजी, रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता, ब्यबस्थापनको योग्यताको आधारमा २ उत्कृष्ट कम्पनी छनौट गर्ने बोर्डले जनाएको छ ।

आवेदन दिने कम्पनीको न्युनतम पुंजी ५० करोड हुनु पर्ने  ‘वस्तु विनिमय बजार सम्बन्धी ऐन–२०७४’  मा उल्लेख छ । ऐनमा  कम्पनीको शेयर एक व्यक्ति तथा संस्थाले पाँच प्रतिशत मात्र लिन पाउने, रणनीतिक साझेदारका रूपमा आउने विदेशी लगानीकर्ताले बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व लिन सक्ने व्यवस्था छ । त्यस्ता कम्पनीको सात सदस्यीय सञ्चालक समितिमा कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक हुनुपर्ने, ३५ वर्ष नपुगेकाहरू सञ्चालक हुन नपाउने, कालोसूचीमा परेको व्यक्तिलाई राख्न नपाइने लगायत मापदण्ड ऐनमा तोकिएको छ ।

बोर्डले प्रदान गरेको अनुमति ३ बर्षको लागि कायम हुनेछ भने कम्पनीले अनुमति पाएको १८० दिनसम्ममा बजार संचालकको लागि सम्पूर्ण पूर्वाधार तयार गरि सक्नु पर्नेछ ।  १८० दिनसम्ममा पनि पूर्वाधार तयार पार्न नसके थप ९० दिनसम्मको म्याद थप्न सकिने ब्यबस्था छ । थपिएको समयमा पनि पूर्वाधार तयार नगरे इजाजत खारेज हुने छ । 

यस अघि बोर्डमा ५ कम्पनीले आवेदन दिएका थिए ।  कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेड, नेपाल कमोडिटी (एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) गरी पाँचओटा कम्पनीले अनुमतिका लागि आवेदन दिएका थिए । तर बोर्डले सबै अयोग्य भन्दै नयाँ निवेदन माग गरेको हो । अयोग्य घोषित भएका आवेदकले समेत पुनः आवेदन गर्न गर्न सक्ने बोर्डले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved