फेरी ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2019 | 09:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले फेरी ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ४ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले एक हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ऋणपत्र निष्काशनको तयारी गरेको हो  ।

यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ।   “एनआई सी एशिया ऋणपत्र २०८३÷८४” नाम दिइएको यस ऋणपत्र ७ बर्षमा परिपक्क हुनेछ । 

ऋणपत्र निष्काशनको लागि बैंकले  सानिमा क्यापिटललाई  बिक्री प्रबन्धकका चयन गरेको छ । उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि बिक्रि खुला हुने भएको हो ।

यस अघि बैंकले माघ १३ गतेदेखि एक हजार रुपैयाँ अंकित दरमा  ४ अर्ब रुपैयाको बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्रि गरेको थियो । तर बैंकको ऋणपत्रमा  २४ लाख ४ हजार ६ सय ८८ इकाईको लागि मात्र आवेदन परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved