कुन कानुनमा टेकेर फिर्ता तानिदै छ लगानीकर्ताको खातामा गएको बढी शेयर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2019 | 10:50:27 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटलले लगानीकर्ताको खातामा गएको बढी शेयर फिर्ता तान्दै छ । क्यापिटलले कम्युनिटी डेलभपमेन्ट बैंक Nepal Community Development Bank Limited को बढी शेयर फिर्ता तान्न लागेको हो । बैंकको आरटीएस रहेको ग्लोबलले अझै केहि प्रक्रिया बाँकि रहेकोले १-२ दिन भित्र नै शेयर फिर्ता  हुने जनाएको छ । 

बिजपाटी डटकमले क्यापिटलले पठाउनु पर्नेभन्दा धेरै बोनस शेयर खातामा पठाएको समाचार प्रकाशन गरेको थियो । बिजपाटीले आइतबार बिहान 'पारीत भएको भन्दा बढी बोनस शेयर खातामा पठाईदिने यो बैंक चिन्नुस' शिर्षकमा यस सम्बन्धि समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि क्यापिटलले शेयर फिर्ता लिने प्रक्रिया सुरु गरेको हो । तर लगानीकर्ताहरुले कुन कानुनमा टेकेर लगानीकर्ताको अनुमति बिना नै खाताको शेयर फिर्ता लगिदै छ भनेर प्रश्न उठाएका थिए । क्यापिटलले भने नियम अनुसार नै शेयर फिर्ता तानिन लागेको बताएको छ ।

सिडिएसले पनि यसरी शेयर फिर्ता तान्ने प्रक्रिया कानुन सम्मत नै भएको दाबी गरेको छ । 'धितोपत्र केन्द्रीय निक्षेप सेवा नियामावली २०६८' मा त्रुटी भएको खण्डमा निश्चित प्रक्रिया पुरा गरेर शेयर फिर्ता तान्न सक्ने ब्यबस्था रहेको सिडीएसले जनाएको छ । नियामावलीको दफा २२ मा यसबारेको ब्यबस्था छ । जसमा ' कुनै संगठित संस्था वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि वा निक्षेप सदस्यले पद्धतिमा गलत प्रविष्ट गरेको विवरण रुजु र प्रमाणित गरी सो सच्याउनका लागि सिडिएससिमा गलत प्रविष्टी र सच्याउनु पर्ने विवरण उल्लेख गरी निवेदन दिन सक्नेछ । ' भनी उल्लेख गरिएको छ । यस्तो निवेदन जांचबुझ गर्दा त्रुटी भएको ठहर भए सिडीएसले त्यसलाई सच्याउन अनुमति दिन सक्ने उल्लेख गरिएको छ । सोहि दफामा टेकेर लगानीकर्ताको खाताबाट बढी भएको शेयर फिर्ता तानिन लागेको हो ।

यस त्रुटी सच्याउन निश्चित रकम तिर्नु पर्ने हुन्छ । नियमावलीमा प्रति संशोधन एक सय तिरेर त्रुटी सच्याउन सकिने उल्लेख छ । यस संगै क्यापिटलले जति लगानीकर्ताको खातामा बढी शेयर गएको हो , प्रति लगानीकर्ताको सय रुपैयाँको दरले हुन् आउने शुल्क तिरी शेयर फिर्ता तान्ने भएको  हो ।

२०७३ मा नियमावली दोस्रो पटक संशोधन हुँदा यो ब्यबस्था थप गरिएको थियो । 


भएको के हो ?

बैंकको साधारणसभाले ६.४२प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । तर बैंकका  लगानीकर्ताले आफ्नो खातामा ६.४२ प्रतिशत नगद लाभांशको साथ साथ ६ प्रतिशत कै दरले बोनस शेयर पाएका थिए । १ प्रतिशतको दरले बोनस पाउनु पर्नेमा लगानीकर्ताले ६ प्रतिशत कै दरले बोनस शेयर पाएका हुन् ।आफ्नो खातामा बढी शेयर आएपछि लगानीकर्ता अलमलमा परेका थिए । केहिले सामाजिक संजालमा कम्पनीले मालामाल बनाएको भन्दै टिप्पणी समेत गरेका थिए । हाल कम्पनी मर्जमा जाने भएकोले कम्पनीको कारोबार भने रोक्का छ । तर कम्पनीको कारोबार खुला नै रहेको भए र लगानीकर्ताले सो शेयर बेचेको भए कानुनी तथा  प्राविधिक समस्या आउँन सक्ने विज्ञहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved