नीति कार्यक्रममा के आउँदैछ नयाँ कुरा ? आईपिओमा बुक बिल्डिङदेखि ब्रोकर कमिशनसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 10:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आर्थिक बर्ष २०७६/७७ देखि आईपिओ निष्काशनमा बुक बिल्डिङ प्रक्रिया लागु गर्ने भएको छ  । लामो समयदेखि आईपिओ निष्काशनमा यो प्रक्रिया अवलम्बन गर्ने भनिए पनि आगामी आर्थिक बर्षदेखि यो कार्यन्वयनमा आउने भएको हो  । 

नेपाल धितोपत्र बोर्डले आज सोमबार सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा यो बिषय समेटिएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ  ।  नीति तथा कार्यक्रममा २०७६/७७ देखि आईपिओ निष्काशनमा बुक बिल्डिङ प्रक्रिया लागु गर्ने उल्लेख गरिएको स्रोतले जनाएको छ । त्यसपछि आवश्यक नीति नियम बनाएर बुक बिल्डिंङ प्रक्रिया लागु गर्ने बोर्डको तयारी छ । 

यसको मोडालिटीको लागि बोर्डले आन्तरिक अध्ययन गरिरहेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले आईपिओ निष्काशनमा बुक बिल्डिङ प्रक्रिया सबै कम्पनीलाई नभएको यस अघि नै स्पष्ट पारिसकेका छन् ।

साथै ब्रोकर कमिशन घटाउने बिषय पनि नीति तथा कार्यक्रम समेटिने स्रोतले जनाएको छ । यद्यपि ब्रोकरहरुले भने नेपालको ब्रोकर कमिशन दक्षिण एसिया कै न्यून भएकोले त्यसलाई घटाउन नहुने बताउदै आएका छन् । नीति तथा कार्यक्रममा  बोर्डको प्रादेशिक कार्यालय खोल्ने, शेयर तालिम केन्द्र स्थापना गर्ने लगायतका बिषय समेटिएको बोर्डले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved