यी ३३ कम्पनीको शेयर किन्न ब्रोकरबाटै ऋण पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 06:13:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार गर्न योग्य सूचीकृत कम्पनीहरुको सुची सार्वजनिक गरेको छ ।  बिहिबार नेप्सेले विभिन्न ३३ वटा कम्पनीको सुची सार्वजनिक गरेको हो ।  

नेप्सेले  मार्जिन कारोबार सम्बन्धी कार्यविधिको दफा ८ अनुसार मार्जिन कारोबारको लागि योग्य कम्पनीको सुची निकालेको हो   । मार्जिन कारोबारको लागि योग्य हुन् कम्तिमा १० हजार जना सेयरधनी भएको, कम्पनीको खुद सम्पति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १०% लाभांश वितरण गरेको सूचीकृत कम्पनी हुनुपर्नेछ ।

मार्जिन कारोबारको लागि ३३ वटा कम्पनी योग्य भएसंगै लगानीकर्ताले यी ३३ वटा कम्पनीको शेयर खरिद गर्न मात्र ब्रोकरबाट ऋण पाउने छन। अब ब्रोकरहरुले  १२ वाणिज्य बैंक, ७ विकास बैंक तथा ९ माइक्रोफाइनान्स कम्पनी सहित कुल ३३ सूचीकृत कम्पनीको सेयर किन्न लगानीकर्तालाई ऋण दिन सक्ने छन् । 

यी हुन् ३३ योग्य कम्पनी : 

वाणिज्य बैंक: एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनआई सी एसिया बैंक,  सानिमा बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, एनएमबि बैंक 

विकास बैंक : गरिमा, मुक्तिनाथ, कैलाश, तिनाउ विकास, पुर्णिमा , गण्डकी , शैन रेसुंगा 

लघुवित्त: आरएसडिसी, विजय, वोमी, आरएमडिसी, एनएमबी, फरवार्ड, लक्ष्मी, ग्लोबल आईएमई , नेशनल 

हाइड्रो: चिलिमे, कटवाल पावर , ङादी पावर 

होटेल: ओरियन्टल होटेल 

अन्य: नेपाल टेलिकम 


निम्न ब्रोकरबाट लगानीकर्ताले ऋण पाउन सक्ने छन् : 

 


यो पनि : 

बल्ल खुल्यो लगानीकर्ताले ब्रोकरबाटै ऋण पाउने बाटो, यस्तो छ प्रक्रिया 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved