बिजपाटी सम्बाददाता     Sep 23, 2019 | 06:03:46 AM



युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) Limited को हकप्रद भर्ने म्याद थप भएको छ  । कम्पनीले यस अघि असोज ६ गतेसम्म मात्र हकप्रद भर्न सकिने जनाएकोमा अब लगानीकर्ताले असोज २३ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । 

कम्पनीले भदौ ३ गतेदेखि  १:२.४ को अनुपातमा २ सय ४० प्रतिशतको दरले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।हकप्रद निष्काशनको लागि कम्पनीले साउन १४ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १३ गतेसम्म कायम लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । सेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले असार ८ गते कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो  । 

बिमा समितिले तोकेको १ अर्ब पुंजी पुर्याउन कम्पनीले  हकप्रद निष्काशन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ३० करोड २४ लाख रहेकोमा २ सय ४० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्ने छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7