आईसीएफसी फाइनान्सले माग्यो ऋणपत्र निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2019 | 04:39:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि. फाइनान्स ICFC Finance Limited  ले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असोज १६ गते बोर्डमा आवेदन दिएको हो । 

बोर्डबाट अनुमति पाएमा आईसीएफसी ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी बन्ने भएको छ  ।  फाइनान्सले २ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

कम्पनीले  प्रति कित्ता १ हजारको दरले २० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । उक्त डिवेन्चर सात वर्षका लागि वार्षिक १२  प्रतिशत ब्याजदरमा प्रत्येक ६-६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले ऋणपत्र निष्काशन गर्को लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । नेपालको इतिहासमा‘क‘ बर्गका बाणिज्य बैंकहरु पश्चात ऋणपत्र निष्कासन गर्ने पहिलो संस्था आइ.सि.एफ.सि.  हुन् लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved