लिबर्टी इनर्जीको शेयर सुचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 11:50:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज शुक्रबार लिबर्टी इनर्जीको शेयर सुचिकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आगामी आइतबारदेखि शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीको शेयर LEC सिम्बलबाट कारोबार हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० देखि ३०० सम्मको रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । 

कम्पनीले शेयर रजिष्ट्रारको रुपमा प्रभु  क्यापिटललाई नियुक्त गरेको छ । लिबर्टीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही प्रभु  क्यापिटलले गर्ने छ । 

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved