डाटा सेन्टरको पावर काटिंदा नेप्सेको वेबसाइट क्र्यास, नियोजित रुपमा चलेखेल गरेको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 02:23:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बिहान बजार सुरु भएको लामो समयसम्म पनि लगानीकर्ताले बजार परिसूचक नेप्सेको अवस्था के कस्तो छ भन्ने थाहा पाउन सकेनन । तर नेप्सेका पदाधिकारीहरुले भने प्राबिधिक समस्या आएर वेबसाइट नचलेको तर कारोबार भने जारी रहेको बताए । यसबाट लगानीकर्तामा अन्योलको अवस्था सिर्जना भयो । 

नेप्सेको डाटा रहेको गभरमेण्ट इन्टिग्रेटेड डाटा सेन्टरको पावर व्याकअप बन्द हुँदा   वेबसाइटमा समस्या भएको नेप्सेले जनाएको छ। नेप्सेको वेबसाइटको साथै सिडिएससीको प्रणाली अबरुद्ध भएको बताईएको छ। 

डाटा सेन्टरको विद्युत आपूर्ति बन्द हुँदा सर्भर क्र्यास भएर वेबसाइट नै बन्द भएको  हो ।  सर्भर क्र्यास रिकभर भएकाले अहिले वेबसाइट खुलेको छ कारोबारको बिवरण वेबसाइटले देखाउन थालेको छ । तर अझै पनि लाइभ डाटा साइटमा उपलब्ध छैन । डाटा सेन्टरको पावर व्याकअप बन्द हुँदा  नेप्सेले चलाउँदै आएको इन्ट्रानेटको लिंक फायरवेयर जलेर पुर्ण रुपमा जलेको र त्यो परिवर्तन  भएपछि मात्र वेबसाइटले  पूर्ण रुपमा काम गर्ने सक्ने नेप्सेले बताएको छ  ।   विद्युत आपूर्ति बन्द भएपनि सर्भरको डाटा भने सुरक्षित रहेको छ  ।  

 लगानीकर्ताले भने नेप्सेको वेबसाइटमा पटक पटक यस्ता प्राबिधिक समस्या आउने र त्यसले कारोबार प्रभावित पार्ने गरेको भन्दै तिब्र अशतुष्टि व्यक्त गरेका छन् । उनीहरुले यसबाट कारोबारबारे आफुहरुले पाउनु पर्ने अधिकारको हनन भएको बताउदै नियामक निकायलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन्। केहि लगानीकर्ताले भने नेप्सेले बजारमा चलखेल गर्न आफै समस्या निम्त्याउने गरेको आरोप लगाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved