सूर्यज्योति लाइफले वितरण गर्‍यो २४.७४% नगद लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 11:37:37 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षका लागि २४.७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले गत बैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको बताएको छ ।  कम्पनीले बैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

साथै कम्पनीले नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथासिघ्र गराउन समेत भनेको छ । यस वर्ष कम्पनीले कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सोही सभाले १०.२६ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

बोनस शेयर विरतणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रूपैयाँभन्दा बढी कायम हुनेछ ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved