सिटी एक्सप्रेसको 'सिधै लखपति' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 03:42:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति” उपहार योजना घोषणा गरेको हो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १०,००० र हरेक महिना लक्कीड्रमा विजयी हुने १ जनालाई रु १००,००० उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रु १०,००,००० जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो “लखपति एक्सप्रेस २०७६ - न यति न उति सिधै लखपति” अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved