जीवन विकास लघुवित्तले डेढ सय प्रतिशत हकप्रद बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 09:18:07 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तले विशेष साधारणसभा डाकेको छ । कम्पनीले आगामी साउन १० गतेको लागि विशेष साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले पुँजी वृद्धि गर्ने , हकप्रद जारी गर्ने लगायतका प्रस्ताव लैजाने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १:१.५ को अनुपातमा डेढ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पेश गर्न लागेको हो । त्यस्तै कम्पनीले अधिकृत पुंजी ५० करोडबाट १ अर्ब पुर्याउने, जारी पुंजी २० करोड बाट ५० करोड पुर्याउने र चुक्ता पुंजी १४ करोडबाट ५० करोड पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ ।

सभामा कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० बाट परिवर्तन गरी ६७.५:३२.५ कायम गर्न प्रस्ताव पनि पेश गर्ने भएको छ ।

त्यस्तै लघुवित्तले मर्जर र एक्विजीसनको बाटो पनि खुला राख्दै त्यसको लागि आवश्यक निर्णय गर्ने अधिकार संचालक समितिलाई दिने छ ।

कम्पनीको केन्द्रिय कार्यालय मोरङमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved