तयारी पोशाक उद्योगलाई गर्मीको कपडा बनाउन चटारो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 04:35:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेसँगै नेपालगञ्जका कपडा व्यवसायीहरुले पसलमा गर्मीका कपडाहरु झुण्ड्याउन थालेका छन् । व्यवसायीले जाडोको कपडा थन्काएसंगै नेपालगञ्जका तयारी पोशाक उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो परेको छ । 

तयारी पोशाक उद्योगका कामदार टिर्सट, हाफपाइन्ट, पाइन्टलगायतका गर्मीमा लगाउने कपडा बनाउन व्यस्त छन् । “तयारी पोशाक उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ” कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामीले भने, “अहिले उत्पादन शुरु गर्यौं भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ ।” नेपालगञ्जमा दुई दर्जनभन्दा बढी तयारी पोशाक उद्योग सञ्चालनमा छन् । 

सीमित उद्योगहरु ठूलो लगानीसहित सञ्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यी उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगञ्जमा तयारी पोशाक उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ । 

न्यू लुम्बिनी गार्मेन्ट उद्योगका सञ्चालक कश्मीरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved