कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख रणबहादुर चन्दले जानकारी दिए ।
अभियुक्त ऐडीलाइ पक्राउ पछी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हालसम्म पनि कुनै जाहेरी भने दर्ता नभएको र सोधपुछ भइरहेकोले मुद्दा दर्ता भइनसकेको प्रहरीले जनाएको छ । उक्त घटनाको सोधपुछको लागि पििडत भनीएकी महीलाई पनि नियन्धत्रमा लिएको इलाक प्रहरी कार्यालयले जनाएको छ ।