ड़ा केसीले अनशन तोड्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 18, 2017 | 04:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले माग पुरा गर्ने भएपछि डा गोविन्द केसीले १४ दिनदेखिको आमरण अनसन तोड्ने भएका छन। सरकारले चिकित्सा शिक्षा विधेयक अध्यादेशबाट ल्याउन आगामी कात्तिक ६ गतेको मन्त्रिपरिषदले निर्णय गर्ने आश्वासन दिएसंगै ड़ा केसीले अनसन तोड्न लागेका हुन। 

असोज १९ गतेदेखि अनसनरत ड़ा केसीले राखेका सबै मागहरु सरकारले पुरा गर्ने प्रतिबद्दता जनाएको छ। सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषिलाई कारवाही गर्ने लगायतका बिषयमा सहमति जनाएकाले डा केसीले अनसन तोड्ने भएका हुन।

ड़ा केसीले ६ गते मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत अगाडि नबढाए पुन सोही दिनबाट अनशन बस्ने चेतावनी दिएका छन।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved