निर्वाचन सार्न माग गरिएको अर्को रिटमा सर्बोच्चमा सुनुवाई जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 22, 2017 | 11:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन कार्यक्रम पछि सार्न माग गर्दै सर्बोच्च अदालतमा दायर भएको रिटमा अहिले सुनुवाई भईरहेको छ  ।अधिबक्ता दिपेन्द्र झाले संविधानमा उल्लेख भएबमोजिम पिछडिएको वर्गलाई निर्वाचनको लागि तयार पारिएको सामानुपातिक अनुसूचिमा नपारिएको र सो ब्यबस्था नहुँदा सम्म चुनाव रोकिपाऊँ भन्ने जिकिर सहितको रिटमा अहिले सुनुवाई भईरहेको हो  

न्यायधिस द्वय ओम प्रकाश मिश्र र डम्बर बहादुर शाहीको संयुक्त इजलाशमा सुनुवाई भईरहेको हो । 

यस अघि सर्बोच्च अदालतले निर्वाचन कार्यक्रम सार्न माग गर्दै दायर गरिएको अर्को रिट अन्तरिम आदेश दिनु नपर्ने भन्दै खारेज गरिदिएको थियो । राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको रिट निवेदनमाथि गत बुधवार सुनुवाई गर्दै न्यायधीशद्धय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । अदालतले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले निर्वाचन प्रक्रिया रोक्नु नपर्ने र मतपत्रको संख्या बढाउनु नपर्ने गरी आदेश दिएको हो ।  

सर्बोच्चको फैसलासँगै निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार निर्वाचन गर्न बाटो खुल्ला भएको बेला अर्को मुद्दामा आज सुनुवाई भईरहेको हो  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved