BREAKING NEWS: त्रिशुली नदीमा बस खस्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 28, 2017 | 06:10:37 AM मा प्रकाशित

laxmi  sunrise bank

शनिबार विहानै त्रिशुली नदीमा बस खसेको छ । राजविरावजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको सन्तोष ट्राभल्स नाम गरेको यात्रुबहाक बस धादिङको घाटबेसी बांगे मोडबाट त्रिशुली नदीमा खसेको हो । बस विहान  बिहान करिव साढे ५ बजे  सडकबाट नदीमा खसेको प्रहरीले जनाएको छ । 

बस मोडबाट खसेपछि उछ्ट्टिएर १५ यात्रु नदी किनारमा परेका छन् । उनीहरु घाइते छन् । किनारमा रहेका यात्रुका अनुसार बसमा करिव ५० जना यात्रु थिए । ५० जना मध्ये १ जनाको लास फेला परेको छ भने ३४ जना बस भित्रै रहेका अनुमान गरिएको छ ।

प्रहरीले बसभित्र रहेको सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले उद्दार कार्य जारी राखेको भएपनि बस नदी भित्रै रहेकोले जिउँदो भेट्टाउन मुस्किल रहेको बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved