मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग, स्थानीयद्वारा बिरोध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 03:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

सुनसरीमा मनोनयन दर्ताका लागि सरकारी गाडीको प्रयोग गरिएको पाइएको छ । 

सरकारी कार्यालयको सरकारी नं प्लेटका विभिन्न नगरपालिका र जिल्ला समन्वय समितिको कार्यालयको सवारी विभिन्न पार्टीका कार्यकर्ता ओसार्न र मनोनयन दर्ताका लागि पार्टीको काममा प्रयोग भएको पाइएको हो । यहाँ आधा दर्जनभन्दा बढी सवारीसाधन दलको प्रचार र सभामा तथा मनोनयन दर्तामा प्रयोग भएको स्थानीयवासीले बताएका छन् । यहाँ स्थानीय तहसँगै मन्त्रीको सुरक्षाका नाममा विभिन्न ठाउँमा सरकारी गाडी प्रयोग भएको हो । 

जिल्लाबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायत मन्त्री र राज्यमन्त्री तथा पूर्व मन्त्रीसमेतले सरकारी सवारी साधन प्रयोग गरेका हुन् । उम्मेदवारीका लागि सरकारी सवारी साधन प्रयोग गरेकामा स्थानीयवासीले विरोध जनाएका छन् । यता निर्वाचन आयोगले समेत अनुगमन नगर्दा सरकारी सवारी साधनको दुरुपयोग भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved