खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन सूरु, उपकरण जडान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 09, 2017 | 09:46:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । 
हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । 

अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ । 

यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ भने अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु–सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना शुरु भइसकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved