गलत क्रियाकलापविरूद्ध उभिन आम मतदातालाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 03:40:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मुलुकको समृद्धि र सन्ततीको उन्नतिका लागि हुन लागेको आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउनका लागि जनस्तरबाट समेत स्वच्छ, स्वतन्त्र निर्वाचन भन्ने अभियान चलाउन आग्रह गरेका छन् ।

निर्वाचन आयोगले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको बहिरा नागरिकका लागि मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाताले आफ्नो मत बदर नहुने गरी मतदान गर्न र अरूलाई पनि मत बदर नहुने गरी मतदात गर्न सिकाउन आवश्यक रहेको बताए   । उनले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई व्यापक सहभागिताका साथ सफल तुल्याउन आम नागरिकबाट उत्कृष्ट भूमिका निर्वाह गर्ने सकल्पको खाँचो रहेको उल्लेख गरे   ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने  – मतदानका लागि उपयुक्त वातावरण सिर्जना गर्नु सवै नेपालीको कर्तव्य हो, सबै मतदातालाई मतदान किन, कसरी र कहिले हुन्छ भन्नेबारेमा जानकारी दिन आवश्यक छ । उनले राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा सचेत नागरिकबाट त्यसको  विरोध  हुनु पर्नेमा जोड दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डा. यादवले कसैको लोभ लालच, डर धम्की, भोज भतेर र प्रलोभनमा परेर मतको दुरूपयोग नगर्न र हरेक गलत क्रियाकलापविरूद्ध उभिन आम मतदातालाई आग्रह गरे   ।

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले आगामी निर्वाचनमा बदर मत घटाउने तथा मतदाताको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए   ।


कार्यक्रममा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले आगामी निर्वाचनमा अधिक सहभागिताका लागि भूमिका निर्वाह गर्न कार्यक्रममा सहभागीहरूलाई अनुरोध गरे   । राष्ट्रिय बहिरा महासघका अध्यक्ष के.पी. अधिकारीले नेपालको  संविधानले सहभागिता र समानताको अधिकार प्रदान गरेको भएपनि बहिराहरू करदाता र मतदाताको भूमिकामा मात्रै सीमित रहेको विचार व्यक्त गरे  ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासघ र महासंघ अन्तर्गत विभिन्न ५२ जिल्लामा रहेका बहिरा संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि गरी ७० जनाको सहभागिता रहेको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved