पाटनमा औद्योगिक क्षेत्रमा भिषण आगलागी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 05:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ। औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगबाट सुरु भएको आगलागी अरु उद्योगहरुमा फैलिएको जनाइएको छ। 

मंगलबार साँझ भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएकाले आगो नियन्त्रणमा ल्याउन कठिन भएको हो।     

वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् ।

के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण समेत आएको छैन ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved