नयाँ मतदाताको परिचयपत्र वितरण हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 16, 2017 | 04:44:23 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता परिचयपत्र बुझ्न बाँकी भएका तथा नयाँ मतदातालाई परिचयपत्र वितरण गरिने भएको छ। 

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताहरुको परिचयपत्र मङ्सिर १० गते निर्वाचन हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको छ।

त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने छ । साथै गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रबाट मतदान गर्न पाउनेछन।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved