प्रकाश दाहालको अल्पायुमै निधनले स्तव्ध र मर्माहत : बाबुराम

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 19, 2017 | 07:08:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशको निधनमा 'पहिलो' श्रद्धांजली दिएका छन। प्रचण्डपुत्र प्रकाशको हृदयघातको कारण मृत्यु भएको खबर बाहिर आए लगत्तै ड़ा भट्टराइले श्रद्धांजली व्यक्त गरेका हुन। 

ड़ा भट्टराईले लेखेका छन, ‪पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!‬ 

प्रकाश दाहालको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ। यद्दपी यस सम्बन्धमा औपचारिक जानकारी दिन नर्भिक अस्पतालले प्रेस मिट गर्दैछ। अस्पताल स्रोतले दिएको जानकारी अनुसार झापामा रहेका पुष्पकमल दाहाल हेलिकप्टर मार्फत राजधानी आउंदैछन। प्रचण्ड नर्भिक अस्पतालमा आइपुगेपछि यसको औपचारिक जानकारी दिने तयारि गरिएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved