पहिलोपटक आफैलाई भोट हालेका पोखरेलले भने- बिकास र समृद्धिको नयाँ चरण सुरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 09:02:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व स्वास्थ्यमन्त्री तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले दोस्रो चरण अन्तर्गतको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा निर्बाचन क्षेत्र नम्बर १ क बर्दिबास नगरपालिकाको  गौरिडांडा स्थित जनता माबि बाट मतदान गरेका छन। 

महोत्तरी प्रतिनिधिसभा सदस्य निर्बाचन क्षेत्र नम्बर १ क बाम गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरलले पहिलो पटक आफैलाई मतदान गरेका छन। 

यस अघि दुई पटक संबिधानसभामा सोहि क्षेत्रबाट निर्बाचित भए पनि उनको मतदाता नामावली मोरङमा भएकाले आफुलाई मतदान गर्न पाएका थिएनन। गत स्थानीय निर्वाचनपछी पोखरेलले आफ्नो नामावली मोरङबाट महोत्तरी सारेका हुन। 

मतदान गरेलगत्तै मन्त्रि पोखरेलले आजको निर्वाचनसंगै संबिधान कार्यन्वयनको पहिलो मुख्य र नेतृत्त्वदायी कार्यभार पुरा हुने बिजपाटिलाई बताए। 'अब देश आर्थिक क्रान्ति,बिकास र समृद्धिको नयाँ चरणमा प्रबेश गर्नेछ, यो जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरौं, शहिदको सपना र नेपाली जनताको आशा एवं आकांक्षा पूरा गरौं' मन्त्री पोखरेलले भने। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved