२०१७ का भाईरल: सीमा सुवेदी, युनिश्मादेखि प्रधानमन्त्रीको 'तपाई बढ्दा बोल्दै हुनु हुन्छ' सम्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 09:24:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अधिकारी रवीन्द्र

२०१७ को जुन महिनामा सीमा सुवेदी नामक एक अनुहार एकाएक भाइरल हुन पुग्यो । नेपालीहरूलाई भारतको विरोध गर्नुअघि सय पटक सोच्नु र इन्डियनहरूले भूकम्पका बेला रोड–रोडबाट चन्दा दिएर सहयोग नगरेको भए के हुन्थ्यो भन्दै भिडियो सार्वजनिक गरेपछि नेपालीहरूको घृणाको ओइरो लाग्यो ।
असली गोर्खाली भनेका भारतीय नै हुन् र नेपालीहरूले इन्डियामा गै बर्तन धोएर भारतीय गोर्खालीको समेत बेइज्जत गरेको आशय सीमा सुवेदीको थियो । केही महिना सामाजिक सञ्जाल वा विभिन्न च्यानलसहित युट्युब सिमा सुवेदीका प्रतिक्रियात्मक लेख तथा भिडियोले भरिपूर्ण भए । यही वर्ष तराईको बर्खे बाढीमा छोराको अन्त्येष्टि गर्न पुर्ने पुर्ने खालि जमिन नपाएका बाबुले बालकको लास खोलामै बगाइदिएको नरेन्द्र श्रेष्ठको तस्बिरले अन्तर्राष्ट्रिय मिडिया बजारसमेत ततायो ।

स्वर्गीय यमबुद्धको अगुवाइमा सुरु भएको रबार्जको र्‍याप ब्याटलबाट एक्कासि चर्चामा आएका प्रतिस्पर्धीमध्येका एक साकार अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगे पनि नेपहपको बाटोलाई उनले निरन्तरता दिइरहे । हिपहपको नेपाली साङ्गीतिक दुनियाँलाई नेपहप भनिन्छ र नेपहपमा आफूलाई ‘लील बुद्ध’को नामबाट स्थापित गराइसकेका साकारले भिडियोमार्फत आफूले सिड्नीको न्युटन भन्ने ठाउँमा ‘लील बुद्धको पान पसल’ खोलेको जानकारी दिएका थिए । उनले अस्ट्रेलियाका सम्बन्धहरूलाई प्रयोग गरेर सिड्नी सिटी साइफर नामक साङ्गीतिक श्रृंखला चरणबद्ध रूपमा तेस्रो अङ्कसम्म युट्युबमा सार्वजनिक गरेका थिए, तर उनी भाइरल भएको यो कारणले गर्दा होइन । समाचारअनुसार उनलाई बाइपोलार डिसर्डर नामक मानसिक रोगले सताएकाले साथीभाइ तथा शुभचिन्तकले मानसिक अस्पतालमा भर्ना गरेपछि एक्कासि उनी फेसबुक लाइभ भिडियोमार्फत अश्लील गाली गलौजका साथ प्रस्तुत हुन थाले । यही क्रममा उनलाई उनकी गर्लफ्रेन्ड श्रेयाले समेत छोडेको बताइन्छ । साकारले आफ्नी दिदी र नजिकका साथीहरूलाई मात्र गाली गरेनन्, लाहुरे उपनामले चिनिने आशिष रानालगायत प्रचण्ड र क्विन एलिजाबेथसम्मलाई मज्जैसँग गाली गर्न भ्याए । अस्ट्रेलियामा मृत्यु भएका नेपालीहरूको लास नेपाल भित्र्याउन सहयोग गर्ने संस्थाहरूलाई आफ्नो छोरालाई जिउँदै नेपाल फर्काइदिन याचना गरेपछि साकारकी आमा सुनिता अधिकारी पनि लाइमलाइटमा आइन् । साकारका तिनै भाइरल भिडियोमा प्रयोग भएको कट्टा हान्छु भन्ने वाक्यांश अहिले जनजिब्रोमा झुन्डिँदै गएको छ ।

ब्रिटिश आमा–छोराले अन्नपूर्ण सर्किट ट्रेकमा अवस्थित देउराली टी सपकी साहुनीले एक कप चियाको मुल्य १ सय ५० भनेपछि ब्रिटिस महिला आक्रोशित भै पैसा भुइँमा फ्यालेर साइनबोर्डको फोटो खिच्न थालेपछि ती नेपाली महिलाले आमाछोरा दुवैलाई लठ्ठीले खेद्दै र ढुङ्गा प्रहार गर्दै अप्ठ्यारो बाटोमा लखेटेको भिडियो सोसल मिडियामा सेप्टेम्बर र अक्टोबर महिनाभर भाइरल भयो । ब्रिटिस महिला गेम्मा विल्सन चियाको प्रिन्टेड मूल्य ५० रहेकोमा १ सय ५० लिएर ठग्न खोजेको भन्दै रिसाएकी थिइन् भने कपको साइजअनुसार ५० र १ सय ५० दुईवटा मूल्य रहेको चियापसले पासाङ गुरुङ बताउँछिन् । यो भिडियो गेम्माका श्रीमान स्टुअर्टले सेप्टेम्बर ८ मा युट्युबमा अपलोड गरेका हुन् । सेप्टेम्बरमै प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको सहभागिताका क्रममा न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटमा भएको प्रश्नोत्तर कार्यक्रमको भिडियो पनि चर्चित रह्यो । यसैगरी बीबीसीको साझा सवालको एउटा भिडियो पनि भाइरल भयो, जसमा प्रधानमन्त्री देउवाले प्रश्नकर्तामाथि झम्टँदै— तपाईं बढ्ता बोल्दै हुनुहुन्छ भनेका थिए ।

२०१७ सालमा विशेषत: बिगो लाइभ र फेसबुक लाइभ निकै चर्चामा रहे । खास गरी विदेशमा बस्ने नेपालीहरूले सामूहिक अन्तक्र्रिया र समय बिताउने माध्यमका रूपमा बिगो लाइभको प्रयोग गरेको देखिन्छ, तर पछिल्लो समयमा आफ्ना फ्यान बेस बढाउन सेलेब्रिटीहरूसमेत यसप्रति आकर्षित छन् ।

यसमा एउटा होस्ट हुन्छ भने त्यही होस्टको लाइभ भिडियोमा अरू ज्वाइन हुन सक्छन् । बिगो लाइभमा भल्गर शब्द प्रयोग गरिएका भिडियो बढी भाइरल हुन्छन् ।

त्यसैगरी फेसबुकको लाइभ भिडियो सुविधा विस्तार भएयता थुप्रै अनलाइन सेलिब्रेटीको जन्म भयो : तिर्सना बुढाथोकीका रात्रिकालिन भिडियोदेखि युनिश्मा राईको वार्तालापसम्म । युनिश्मा राईको भिडियोमा प्रतिक्रिया जनाएर नाम कमाएका गोविन्द सुवेदी पछिसम्म पनि भिडियो जुहारीमा सामेल भैरहे । अश्लील शब्द प्रयोग गर्दै भिडियो लाइभ गर्ने क्रम नरोके झुन्डिएर मर्छु भनेर आफ्नो भाईले भनेको भन्दै युनिस्माले भिडियोमार्फत नै रुँदै माफी मागी अब त्यस्तो नगर्ने जानकारी दिएकी थिइन् ।

त्यस्तै चलचित्र छक्कापन्जाको थिम महिलाविरोधी रहेको भन्ने ऋचा शर्माको अभिव्यक्तिपछि नेपाली सिने कलाकारहरू दुई पङ्क्तिमा विभक्त भै एक–अर्काविरुद्ध कटाक्ष प्रहार गर्न थाले । यो प्रकरणमा रेखा थापाले ऋचालाई समर्थन गरेपछि छक्कापञ्जासँग सम्बद्ध कलाकार दीपक, दीपा, स्वस्तिमा आदिले कडा प्रतिक्रिया जनाए ।

वर्षको अन्त्यतिर सविन कार्की विष्टको ‘कार्टुन्ज क्रु’ बाट भएको बहिर्गमनले सोसल मिडियालाई पुन: एकपटक ततायो । विविध व्यक्तिगत कारणले कार्टुन्ज क्रुसँग आबद्ध भैरहन नसकेको भन्दै आएका सविनले चर्को आलोचना खेप्नुपर्‍यो जब कार्टुन्ज क्रुका सदस्यहरूले उत्सव रसाइलीसँगको अन्तर्वार्तामा सविनले आफूहरूलाई टुहुरो बनाएर गएको अभिव्यक्ति दिए । त्यस क्रममा समूहकी सदस्या आस्माको भावुक अनुहारले राम्रै सहानुभुति बटुल्यो । उक्त भिडियोको प्रतिक्रियास्वरूप सविनले अर्को भिडियो सार्वजनिक गरे । आफ्नो पुरानो भिडियो हटाउँदै कार्टुन्ज क्रुका सरोजसँग मिलेर ‘हामीबीच त्यस्तो केही भएको छैन’ भन्ने भावको भिडियो बनाएर सविनले यो विवादलाई मत्थर पार्ने प्रयास गरेका थिए ।


[email protected]

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved