अंग्रेजी नयाँ वर्ष २०१८ मा ओलीले दिएको शुभकामना संदेशमा के छ ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 31, 2017 | 08:47:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 पुर्वप्रधामन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा सम्पूर्ण नेपालीहरुमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन। 

'समयको आफ्नै चक्र अनुसार सम्वतहरु फेरिने क्रम जारी नै रहन्छ । तथापी कुनै वर्षहरु यति धेरै महŒवका हुन्छन्, जसले आम नेपालीको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा समेत अमिट छाप छाडेर जान्छन् । सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महŒवको वर्ष बनेर बिदा भएको छ' जारि शुभकामना सन्देशमा उल्लेख छ। 

खासगरी संविधान कार्यान्वयनको मुल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौंदेखि प्रतिक्षा गरेको विकास र समृद्धि सपना अब प्राप्ती हुने मार्गतिर हामी डोरिएका छौं, शुभकामना सन्देशमा भनिएको छ, 'सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भए।'

शुभकामना सन्देशमा भनिएको छ, 'नेपाल लामो समयसम्म अस्थिर राजनीतिको चपेटामा पर्यो । देशका सबै अवयवहरुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा यसको असर पर्यो। जसले गर्दा प्राकृतिक र मानव श्रोतसाधनमा सम्पन्न हुँदाहुँदै नेपाल पछाडि पर्यो। नेपालीहरु गरिब भए । तर अब यो अवस्था लामो समयसम्म रहँदैन । देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि हामीले वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमियौं । जनताहरुले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन् । त्यस कारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुने छ।'

'निर्वाचन मार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र  देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ । देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ त्यो हामीलाई सैह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं' शुभकामना संदेशमा छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved