फरार सांसद सिलवाल भन्छन्- कामचलाउ सरकारको षडयन्त्रले असुरक्षित भएँ,धैर्य गर्नुहोस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 07:56:29 PM मा प्रकाशित

laxmi  sunrise bank

फरार रहेका भनिएका एमाले सांसद तथा पूर्वडिआईजी नवराज सिलवालले प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेस चुनाव हारेको प्रतिसोध साध्न आफु बिरुद्द अनुसन्धान गरि फसाउन लागेको दाबि गरेका छन। 

किर्ते मुद्दामा फरार रहेका भनिएका सांसद सिलवालले बुधबार साँझ अज्ञात स्थलबाट एक बिज्ञप्ती जारि गर्दै देउवा सरकारबाट आफु असुरक्षित रहेको बताएका हुन। 

ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सांसद बनएका सिलवालले आफुबिरुद्द देउवा सरकार लागि परेको बिज्ञप्तीमा पटक पटक दोहोर्याइएको छ। जारि मुद्दा निष्पक्ष रुपमा छानबिन भएमा त्यसमा आफ्नो पूर्ण समर्थन रहने बताउदै सिलवालले भनेका छन, 'जुन मान्छे यो सम्पूर्ण घटनामा मेरो बिपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष साबित गरि मलाई प्रहार गर्ने जुन खेल भईरहेको छ, त्यसको अन्त हुनुपर्छ र निष्पक्ष निकायबाट हुने अनुसन्धानलाई एउटा निष्कर्षमा पुर्याउन सबै प्रकारको सहयोग गर्न म तयार छु।'

प्रहरी महानिरीक्षक नियुक्ति प्रक्रियामा भएको चलखेलकै कारण देउवा सरकार आलोचित बनेको र त्यसैको कारण कांग्रेसले निर्वाचनमा हार बेहोरेको निष्कर्षमा पुगेर प्रधानमन्त्री देउवाले आफु बिरुद्द ठुलो षडयन्त्र रचेको सिलवालले आरोप लगाएका छन। 

आफु अहिले असुरक्षित रहेको भन्दै उनले प्रतिकुल प्ररिस्तिथि भएकाले केहिसमय धैर्य गर्न समेत सिलवालले सर्वसाधारण नेपाली जनता तथा आफ्ना मतदातामा अनुरोध गरेका छन।    

प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धि मुद्दामा सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्याङकनसम्बन्धि कागजपत्र कीर्ते भएको सर्वाेच्च अदालतले फैसला गरिसकेको छ। सोही फैसलाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो। उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरीका प्रहरीलाई सर्कुलर गरिसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved