मुख्यमन्त्री चयन गर्न एमालेले यस्तो बिधि अपनाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 30, 2018 | 11:46:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले मुख्यमन्त्री तथा संसदीय दलको नेताको चयन गर्ने जिम्मा पार्टीको प्रदेश कमिटीलाई दिने निर्णय गरेको छ । मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले मुख्यमन्त्री चयनको जिम्मा प्रदेश कमिटीलाई दिने निर्णय गरेको हो । 

प्रदेश कमिटिले सहमतिमा मुख्य मन्त्री चयन गर्ने कोशिश गर्ने त्यसो हुन् नसके  भोटिङमा गएर संसदीय दलको नेता चयन गर्ने एमालेले निर्णय गरेको छ ।

संसदीय दलको नेता नै मुख्य मन्त्री हुने छ  ।

माओवादी केन्द्रसँग मुख्यमन्त्रीमा भएको भागबण्डा अनुसार ४ वटा प्रदेशमा एमालेले सरकार बनाउने छ ।  प्रदेश नम्बर १,३, ४ र ५ मा एमालेको मुख्य मन्त्री हुने छन् । 

प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा नेता शंकर पोखरेल यसअघि नै चयन भइसकेकाले उनी मुख्यमन्त्री बन्ने पक्का भएको छ । तर, प्रदेश नम्बर १,३ र ४ मा  सहमति हुन्सं नसक्दा ससदीय दलको नेता चयन हुन सकेको छैन । प्रदेश कमिटिले सहमतिको कोशिश गर्ने र सहमति हुन् नसके मतदानबाट संसदीय दलको नेता र मुख्य मन्त्री टुंगो लगाउने छ   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved