विमान दूर्घटनामा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 04:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको यूएस बंगला विमानको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै पछिल्लो विवरण अनुसार २२ नेपाली, २८ बंगलादेशी र १ चिनियाँ नागरिक गरी ५१ जनाको मृत्यु भएको जनाएको हो  । 

दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

साथै मृतकको शव परिक्षण पश्चात आफन्तहरुलाई हस्तान्तरण गर्ने कार्य पनि जारी रहेको मन्त्रालयले जनाएको छ। 

विमानमा चालक दलका सदस्य सहित ७१ जना सवार थिए ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved