एमाले मओवादीले टुङ्गो लगाए मन्त्रीको नाम, को को बन्दैछन मन्त्री हेर्नुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 12:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्गो लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीपरिषद्को विस्तार गर्ने तयारी गरेपछि दुवै दलले मन्त्रीको नाम टुङ्ग्याएका हुन् । एमालेले पाँच मन्त्री र एक राज्यमन्त्री छानेको छ भने माओवादीले पनि ५ मन्त्री बन्ने ५ जनाको नाम टुङ्गो लगाएको छ । 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्रमन्त्री, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार र नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बन्ने भएका छन् । रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन् । गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् ।

यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी दिईएका लालबाबु पण्डितलाई भने उनले राजेको संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

माओवादी केन्द्रले पनि पार्टीको तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । यसअघि अर्थमन्त्री भईसकेका वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेत वन मन्त्री, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले उनहिरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाईसकेका छन् । कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित विना मगर माओवादी अध्यक्ष प्रचण्डकी बुहारी हुन् । मन्त्री बन्नेको चर्चामा रहेका जनार्दन शर्माको नाम अन्तिम समयमा आएर काटिएको छ ।

मन्त्रीहरुको सपथ आजै अपराहृन ४ बजे हुनेछ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved