एमाले माओवादी र फोरमले टुङ्गो लगाए १४ मन्त्रीको नाम

साढे ५ बजेमात्र सपथ हुने
मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 03:09:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन। नयाँ मन्त्रीहरुको आज साढे पाँच सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। दलहरुले मन्त्रीको नाम टुंग्याउन समय लगाएपछी चार बजे तोकिएको सपथ डेढ घण्टा पछाडी सारिएको हो। 

आज १४ मन्त्रीले सपथ लिनेछन। जसमा एमालेबाट ७, माओवादी केन्द्रबाट ५ र संघीय समाजवादी फोरमबाट २ जना मन्त्रीले सपथ लिनेछन। १४ मन्त्री थपिएपछी ओली मन्त्रीमंडल २१ सदस्यीय हुनेछ। 

एमालेबाट एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्र, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार र नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बन्ने भएका छन् । रघुवीर महासेठ भौतिक पुर्वाधारमन्त्री र शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन्। त्यस्तै गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री बन्ने भएका छन् । 

यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी दिईएका लालबाबु पण्डितलाई भने उनले राजेको संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।   

त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, शक्ति बस्नेत वन मन्त्री, चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएका छन्।

माओवादी केन्द्रबाट अझै एक जनाले राज्यमन्त्रीको रुपमा शपथ लिने कार्यक्रम रहेको बताइएको छ । तर अहिलेसम्म कोे कुन मन्त्रालयको राज्यमन्त्री बन्ने भन्ने सर्वजनिक गरिएको छैन। 

यसअघि गएको फागुन १४ गते माओवादी केन्द्रबाट वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’, गृहमन्त्री र अर्का नेता मात्रृका यादव, उद्योग, बाणिज्य तथा आपूर्ति बनिसकेको छन् । साथै संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved