जनप्रतिनिधि नजिकबाट हेर्दा पनि दाग नलागेको देखिनुपर्छ : प्रधानमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2018 | 12:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र मूलुक सफल हुने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनलाई उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले अधिकार महशुस गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताए । “सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस” प्रधानमन्त्री ओलीले भने “यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं । यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।”

स्थानीय तहमा युवाजनप्रतिनिधीको संख्या धेरै भएकोले सोचेअनुप काम हुनेमा आफू विश्वस्त रहेको उनको भनाइइ छ । ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट अलग रहन निर्देशन दिए । उनले जनप्रतिनिधि नजिकबाट हेर्दा पनि दाग नलागेको देखिनुपर्ने बताए । ओलीले पूर्वाधार, विद्यतु, वैकल्पिक उर्जा, सञ्चार लगायतका क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधीहरुलाई आग्ह गरेका छन् । सरकारले कर्मचरी समायोजनको काम अघि बढाइ सकेको भन्दै प्रधानमन्त्रीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने आश्वासन दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved