नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउने गिरोह पक्राउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 05:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउन सक्रिय एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सर्टिफिकेट, लाइसेन्स, पुलिस रिपोर्ट, जन्मदर्ता, मृत्युदर्ता, बैंक स्टेटमेन्ट जस्ता कागजात नक्कली बनाउने सल्यानका बलबहादुर राउत, चितवनका अर्जुन अधिकारी र गुल्मीका खुमानसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो । 

यिनै तीन जनाले नक्कली पुलिस रिपोर्ट र एसएलसीको शैक्षिक प्रमाणपत्र लिएर त्रिपुरेश्वरस्थित नेपाल कन्सुलर विभागमा प्रमाणीकरणका लागि पुगेका गुल्मीका खुमानन्द थापाको माध्यमबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मंगलबार कन्सुलर विभागमा पुगेका थापाको एसएलसीको प्रमाणपत्रमा पहिले नै कन्सुर विभागको छाप लगाई दस्तखत समेत गरेको पाईएपछि प्रमाणपत्र नक्कली भएको खुलेको थियो । अनुसन्धानका क्रममा थापालाई चितवनका अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका महतले ४ वर्षदेखि आफ्नो कोठाबाटै विभिन्न कागजात र सरकारी कार्यालयको छाप समेत नक्कली बनाउने गरेको प्रहरीले बताएको छ । ट्रान्सक्रिप्ट, सवारी चालक अनुमतिपत्र लगायतमा प्रयोग हुने होलोग्राम स्टिकर पनि भारतबाट झिकाएर प्रयोग गर्ने गरेको खुलेको छ । 

हालसम्म महतले ४ हजार प्रति नक्कली सर्टिफिकेट, १ हजार ५ सय थान नक्कली बैंक स्टेटमेन्ट, ४ सय थान लाइसेन्स, १ सय ५० थान पुलिस रिपोर्ट बनाएको प्रहरी समक्ष बयान दिएका छन् । सर्टिफिकेटको १ हजार ५ सय देखि ५ हजार, बैंक स्टेटमेन्टको १ हजार ५ सय देखि २ हजार ५ सय, लाइसेन्सको १ हजारदेखि २ हजार प्रहरी रिपोर्टको ५ सय देखि १ हजारसम्म र जन्मदर्ता, मृत्युदर्ताजस्ता कागजातको १ हजार ५ सयसम्म पैसा लिने गरेका थिए । 

प्रहरीले राउतको कोठाबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजको छाप, होलोग्राह स्टिकर, उच्च माध्यमिक शिक्षा परिषदको छाप र होलोग्राह स्टिकर, विभिन्न सरकारी कार्यालयको छाप, नक्कली लाइसेन्स लगायतका कागजात र कम्प्युटरहरु बरामद गरेको छ । मुलुकी ऐन कीर्ते कागजको १२ नम्बर अनुसार सरकारी अड्डाको छाप वा सरकारी कागज कीर्ते गर्नेलाई १ वर्षसम्म कैद सजायँ हुने ब्यवस्था छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved