आइएमईको कस्टमर कार्ड होल्डरलाई किनमेल केन्द्रहरूमा छुटको व्यबस्था

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 04:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्ड लिएका सेवाग्राहीलाई किनमेल केन्द्रहरू र रेस्टुरेन्टमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यो नयाँव्यवस्था २०७५ साल वैशाख १९ अर्थात आजबाट लागु भएको छ । 

बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो लगायतका स्थानबाट हाललाई यो सेवा उपलब्ध हुने आइएमईले जनाएको छ । यो सेवाका लागी सेवाग्राहीले बील बनाउनु अगावै आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ । 

यस कम्पनीको हाल १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved