श्रमिकले बन्द हड्ताल गर्ने दिन सकिए : प्रधानमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 01:53:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । वर्तमान सरकार श्रमिक वर्गकै लागी बनेको भन्दै प्रधानमन्त्री ओलीले अब श्रमिकहरुले बन्द हड्ताल गर्ने दिन सकिएको दाबी पनि गरे ।  

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले ‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन गए । उहाँहरुको अनुकुल यो सरकार छ’ भने । ‘हामी राष्ट्र निर्माणको महाअभियानमा छौं । कसो गर्दा सामाजिक सुरक्षा कायम हुन्छ ? कसो गर्दा सामाजिक सुसम्बन्ध बलियो हुन्छ ? कसरी उत्पादनमा वृद्धि हुन्छ ? कसो गर्दा उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ ? त्यसै गर्न वर्तमान सरकार कटिवद्ध छ’ प्रधानमन्त्रीको भनाई । 

दुई दिनअघि मात्र जिफन्टको अध्यक्षमा निर्वाचित भएका विनोद श्रेष्ठको नेतृत्वमा पदाधिकारीहरुले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटमा श्रेष्ठले श्रमिकको मासिक र दैनिक ज्यालामा अभिवृद्धि गर्न प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved