नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित, मंगलबार ४ बजे बजेट पेश हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 01:19:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए  । 

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले नीति तथा कार्यक्रममा उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।  जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को संयुक्त बैठकमा पेश  भएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका थिए । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।  नेपाली कांग्रेसका मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले राखेको संशोधन प्रस्ताव भने बहुमतले अस्वीकृत भएको छ । अन्यले भने प्रस्ताव फिर्ता लिएका थिए ।  

आजको बैठकमा अर्थमन्त्री खतिवडाले आर्थिक सर्वेक्षण पेश गरेका थिए  ।  अब आगामी मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ४ बजे बजेट पेश गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved