डेढ बर्ष अघि बोलेको बिषयलाई तोडमोड गरेर बद्नाम गरियो: प्रसाई

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 22, 2018 | 08:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बि एण्ड सि टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले आफुले डेढ बर्ष अघि बोलेको बिषयलाई तोडमोड गरेर आफ्नो बद्नाम गरिएको आरोप लगाएका छन। डेढ बर्ष अघि स्वदेशमै स्वास्थ्य शिक्षाको अपर्याप्तताका कारणले स्वदेशमा अध्ययन गर्ने अवसर नपाएर बिदेशमा पढ्न जान बाध्य नेपालीहरुको दुःख र सास्तीको बिषयबारे गरिएको कुराकानीलाई तोडमोड गरेर आफ्नो बद्नाम गरिएको प्रसाईले बताए। 

'डेढ बर्ष अघि भनिएको पुरै अभिव्यक्तिलाई नै नराखि काँटछाट र तोडमोड गरेर बेमौसमि बाजा बजाउँदै अतिरञ्जित र बिषयको संवेदनशीलतालाई दूरुपयोग गर्ने काम भईरहेको छ।' प्रसाईले भने। 

सूचना प्रबिधिको दुरुपयोग गर्दै सामान्यिकरण गरेर तेजोबध गर्ने कुराले कुनै पनि हालतमा आफु सत्यपथबाट बिचलित नहुने उनको भनाई छ।  कतिपय बिशिष्ठ र निश्चित घटनाका बिषयमा बोलिएका कुरा र बिचारहरुले कसैको ब्यक्तिगत र सामाजिक इज्जत प्रतिष्ठामा आँच  पूर्याउन खोज्ने आशय आफ्नो अन्र्तमनको कुनै पनि कुनामा नरहेको उनले स्पष्ट पारेका छन। 

बाहिर अतिरञ्जित गरिएको बिषयले कसैको ब्यक्तिगत, सामाजिक इज्जत र प्रतिष्ठामा ठेस पुगेको महसुस भएमा आफु क्षमाप्रार्थी रहेको कुरा उनले आज एक बिज्ञप्ति मार्फत सार्बजनिक गरेका छन। प्रसाईले बंगलादेशका मेडिकल कलेजमा अध्ययनरत छात्राहरुबारे गलत टिप्पणी गरेको भन्दै सामाजिल संजाल तथा बिभिन्न फोरमहरुमा उनको चर्को आलोचना भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved