जसले सरकारको बिरोधमा सिंहदरबार गेट अगाडी नै नग्न प्रदर्शन गरे

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 17, 2018 | 01:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको बिरोधमा सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिण गेटमा नग्न भएर सरकारको बिरोध गरिरहेका  जितिन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

लिम्बुले सबै जनावर एउटै भएको तर गाई, गोरु मार्नेलाई कैदा हुनेगरी कानुन बनाएको भन्दै प्रदर्शन गरेका हुन्। प्रहरीले पक्राउ गर्नु अगाडी छोटो प्रतिक्रिया दिदै उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा नग्न भएर धर्ना दिन आएको बताएका थिए । उनको छाती ‘सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो ।  उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई समान कानुन लाग्ने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न समेत माग गरेका छन् ।

उनले प्रदर्शन सुरु गरेको केहि मिनेट मै प्रहरीले उनले बोकेको प्ले कार्ड खोसेर लागेको थियो । प्रहरीले नग्न रहेका उनलाई कपडाले ढाकिदिएर पक्राउ गरेको हो ।  सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । उनलाई सिंहदरबारको हिरासतमा राखिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved