प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सर्वसम्मत सिफारिस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 23, 2018 | 06:58:52 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस भएका छन् । बिहिबार बसेको संवैधानिक परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो   


प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो । मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्।

अब संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि मिश्रको प्रधानन्यायधिश बन्ने बाटो खुलेको हो 


बैठकमा बैठकमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र कानूनमन्त्री उपस्थित थिए । यसअघि परिषदको बैठकले दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले जोशीको नाम अस्विकृत गरेपछि बिहीबार पुनः बसेको परिषदको बैठकले मिश्रको नाम सिफारिस गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved