राष्ट्र बैंकको कार्यालयमा प्रदेश मन्त्रीले लगाए ताला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 26, 2018 | 03:20:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन। प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर दिएको रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा अवज्ञा भन्दै मन्त्री यादबले जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन। 

प्रदेश सरकारले विदा घोषणा गरेपनि संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्रीले तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका हुन। संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवको भनाई छ। 

प्रदेश सरकारको निर्णयलाई अटेरी गरे आफुहरुले कानूनी उपचार समेत खोज्ने उनले चेतावनी दिए।  भदौ १ गते लागु भएको देवानी कार्यविधी संहिताको दफा ५१ को स्पष्टिकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानूनी व्यवस्था गरेको छ। यद्दपी यो कानूनी व्यवस्थालाई प्रदेश अन्तर्गत रहेका संघीय कार्यालयहरुले उल्लंघन गरेपछि प्रदेश सरकारले कानून कार्यान्वयन गराएको हो। यससंगै प्रदेश र संघको अधिकारबारे कानुनि जटिलता देखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved