न्यूरोडमा सात तले ‘स्मार्ट पार्किङ’

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 05:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ । प्रवेश मार्गमा ३० प्रतिशत हरियाली तथा सौन्दर्यीकरण हुनुपर्ने प्रावधान छ । कूल क्षेत्रफलको २५ प्रतिशत क्षेत्रमा अत्याधुनिक प्रविधिबाट विज्ञापन गर्न पाइने कामपाको सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

शारीरिकरुपमा अशक्तलाई समेत सहज हुने गरी पार्किङ भवनमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने व्यवस्था सहितको सुविधा हुनेछ । सो संरचनामा आकाशे पानी सङ्कलन विधि जडान गरिनेछ । सो स्थलमा पैदल यात्री मैत्री, बस्ने तथा पर्खने ठाउँको व्यवस्था, पर्याप्त उज्यालो, विद्युतीय सवारी चार्ज स्टेशन, कार सफाइ तथा मर्मत सुविधा र पार्किङ नियन्त्रक यन्त्र रहने कामपाको दाबी छ । भवन निर्माण गर्न कामपाले न्यूरोडस्थित धर्मपथको एक रोपनी १० आना जग्गा प्रयोग गर्नेछ । 

सवारीसाधन पार्क गरेर राख्ने स्थानको अभाव हँुदा पनि उपत्यकावासीले सवारी चापको समस्या भोग्नुपरेको छ । उक्त भवन निर्माणसँगै काठमाडौँ उपत्यकाको सडक चापमा कमी आउने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved