डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ बढ्यो, यस्तो छ नयाँ मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 10:27:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको बुधबार बसेको  सञ्चालक समितिको बैठकले  पेट्रोलमा  रु १, डिजेल तथा  मट्टितेलमा रु  ३  बृद्धि गर्ने निर्णय गरेको हो। यस्तै ग्यासमा पनि  प्रति सिलिन्डर  रु  २५ बृद्धि भएको निगमले जनाएको छ । 

बढेको मूल्य बुधबार मध्यरातदेखि लागु हुने निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२, डिजेल र मट्टीतेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर  १ हजार ४ सय रुपैयाँ कायम भएको  छ। 

केही साता यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्रा कमजोर हुँदा घाटा बढेकोले मूल्य बढाउनु परेको जनाएको छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved