प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश कोषको साधारणसभा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 12:51:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दलको बैठक हुनु सामान्य बिषय बनेको छ। सुशासन र आर्थिक समृद्धि पहिलो प्राथमिकता भएको बताउने प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सचिवालय, स्थायी कमिटीको बैठक मात्रै नभई ४४३ सदस्यीय जम्बो केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै गराउँदै आएका छन।

नेपाली सेनाका जवानलाई खटाएर तत्कालीन एमाले र माओवादी केन्द्रको एकता घोषणापछिको भोज पनि बालुवाटारमै आयोजना गरिएको थियो। सरकारी कामसंग सम्बन्धित कार्यक्रमहरु हुनुपर्ने प्रधानमन्त्रीको सरकारी निवासमा निजि तथा पारिवारिक भेला तथा छलफल हुनु पनि सामान्य भईसकेको छ। 

यसैक्रमलाई निरन्तरता दिंदै भदौ २३ गते शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली वंश अक्षय कोषको बाषिर्क साधारणसभा सम्पन्न भएको छ।  

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको बताएका छन। यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभइ देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पाए। 

कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली,प्रथम महिला राधिका शाक्य,प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।

विहान साढे १० बजे भनिएको कार्यक्रम साढे ११ तिर सुरु भएको कोषाध्यक्ष शान्तिराम ओलीले भने। उनका दिएको जानकारी अनुसार प्रधानमन्त्री आउनु अघि साधारणसभा सम्पन्न भएको थियो।  







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved