पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष रौनियार विकास समितिको बैठकमा यसरी झोक्किए

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 01:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सङ्घीय समाजवादी फोरम नेपालका सांसद एवं निर्माण व्यवसायी हरिनारायण रौनियार विकास समितिको बैठकमा झोक्किएका छन् । निर्माण व्यवासयी समेत रहेका रौनियारले समितिमा को सांसद बस्ने वा नबस्ने विषय निर्देशिकाले तय गर्ने भएकाले समितिका सदस्यहरूले त्यस विषयमा बोल्न नहुने बताए । नियम परिवर्तन गरी निर्माण व्यवसायी सांसदहरूलाई समितिमा राख्न नहुने नियम ल्याउन समितिका अन्य सदस्य सांसदहरूलाई उनले चुनौती समेत दिए ।

विकास समितिमा निर्माण व्यवसायीहरू पनि सदस्य भएको भन्दै यसअघिको बैठकमा सांसदहरूले निर्माण व्यवसायी सांसदहरूको आलोचना गरेका थिए । 

आजको बैठकमा प्रतिउत्तर दिँदै पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत रहेको रौनियारले निर्माण कार्य ढिला हुनमा यसअघिका सांसदहरू नै ९० प्रतिशत दोषी रहेको आरोप लगाए । 

यसअघि : 

पप्पुलाई नै ठेक्का पार्ने कानुन बदल्न सांसदको माग 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved