कर्मचारीको आन्दोलनका कारण कोरिया जाने कामदारको तालिम प्रभावित

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2018 | 03:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया जाने नेपाली कामदारको अभिमुखिकरण तालिम प्रभावित भएको छ । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएपछि तालिम रोकिएको हो । कोरियन भाषा परीक्षा उत्तीर्ण गरी भिसा प्राप्त गरेपछि अभिमुखिकरण तालिम प्रदान गरी केन्द्रले कामदार योग्य भएको प्रमाणित गर्नुपर्ने हुन्छ । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा नयाँ कर्मचारीको दरबन्दी तोकेको छ । नयाँ दरबन्दीमा पुराना कर्मचारी नसमेटेपछि पुराना कर्मचारीहरु आफूहरु माथि अन्याय भएको भन्दै अहिले आन्दोलनमा छन् । सरकारले आफूहरुलाई पुर्नस्थापना नगरे आन्दोलन जारी राख्ने कर्मचारीले चेतावानी दिएका छन् । कर्मचारीको आन्दोलनसंगै कार्यलयको कामकाज ठप्प भएको छ । 

केन्द्रले नेपालबाट कोरीया जाने नेपालीलाई अभिमुखिकरण तालिम प्रदान गर्दै आईरहेको छ । कर्मचारीको आन्दोलनले कार्यलयको काम ठप्प भएपछि तालिममा सहभागी हुन आउनेहरु त्यसै फर्किएका छन् । 

कामको लागी कोरिया गएपछि कस्ता समस्या आइपर्न सक्छन्, तीनको कसरी व्यवस्थापन गर्ने, कार्यक्षेत्रमा कसरी संलग्न हुने जस्ता विषयमा केन्द्रले तालिम दिने गरेको केन्द्रका शाखा अधिकृत दिनेश ढकालको भनाई छ । केन्द्रले प्रमाणित नगरी कोरीया जान नपाउने उनले बताए । 

सन २०१९ को लागी नेपालबाट ७ हजार ९ सय ९६ जना नेपाली कामदारले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेको थियो । गत जेठ २५ र २६ गते सम्पन्न भएको उक्त परिक्षामा ८२ हजार २ सय ६४ जना सहभागी भएका थिए । 

अभिमुखिकरण तालिमको लागी एक जना कामदारले ६३ डलर अर्थात ७ हजार ३ सय ७१ नेपाली रुपैयाँ नेपाल बंगलादेश बैक मार्फत तिर्नुपर्ने हुन्छ । कोरियन भाषा पास गर्नको लागी थोरैमा एक बर्ष समय खर्चीनुपर्ने हुँदा कर्मचारीले तालिम रोक्न नमिल्ने केन्द्रका कार्यकारी निर्देशक भूवन प्रसाद आचार्यको भनाई छ । कर्मचारीले तालिम रद्ध गरेमा विकल्प अपनाउने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved