नेपाललाई एडिबीले दियो ३९ अर्ब ३२ करोड, कहाँ कहाँ हुन्छ खर्च ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 01:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ३९ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी रकम उपलब्ध गराउने भएको छ । एडिबीले नेपाललाई ३३४.९ मिलियन अमेरिकी डलर उपलब्ध गराउने विषयमा मंगलबार अर्थमन्त्रालयमा नेपाल र एडिबीबीच समझदारी भएको हो । समझदारीमा नेपालको तर्फबाट अर्थसचिव डा. राजन खनाल र एडिबीका लागि नेपालका आवासीय मिसनमा देशीय निर्देशक मुख्तारो खामुदखानोभले हस्ताक्षर गरे ।
नेपाललाई एडिबीले उपलब्ध गराउने रकम राजमार्ग सुधार परियोजना र विद्यालय निर्माण परियोजनामा सहुलियत ऋण तथा अनुदानका रूपमा आउने जनाइएको छ । राजमार्ग सुधार अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कमला कञ्चनपुर सडकखण्डको ८७ किलोमिटर सडक सुधारको लागि, सडक सुरक्षा सुधार, सडकमा काम गर्ने निकायको क्षमता अभिवृद्धिमा १८० मिलियन अमेरिकी डलर सहुलियत ऋण आउने भएको छ ।
एडिबीले विद्यालय सुधार अन्तर्गत प्रकोप सहनशील विद्यालय निर्माणको लागि १४८.९ मिलियन अमेरिकी डलर (१ अर्ब ८० करोड) सहुलियत ऋण र १५ करोड अनुदान दिने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved