१८ करोडको गाडी प्रकरणबारे सरकारले मुख खोल्यो, गणतन्त्र बद्नाम गर्न खोजेको आरोप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 05:35:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रपतिको लागि गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रिपरिषद्को निर्णय सार्बजनिक गर्ने आयोजित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यसबारे स्पष्टीकरण समेत दिएका छन् । 

मन्त्री बास्कोटाले राष्ट्रपति आफैले गाडी माग गरेको नभई सरकारको आफ्नो आफ्नो कर्तब्य अनुरुप गाडी प्रदान गर्न लागिएको बताए  । उनले  १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्था सहित त्यसले आधा दर्जन गाडी खरिद गरिने बताए ।

लोकतन्त्रिक गणतन्त्र मन नपराउनेहरुले भर्खरै स्थापित संस्थालाई बद्नाम गराउने र लोकतन्त्रलाई कमजोर बनाउन खोजेको उनले बताए ।यो सुरक्षाको बिषय समेत रहेको भन्दै मन्त्री बास्कोटाले प्रश्न गर्दै भने, ‘के ति निकायलाई गाडी चाहिँदैन ? माथिल्लो पदमा रहेकालाई सवारी सुरक्षा चाहिँदैन ?’ 


बिदेशी राष्ट्रप्रमुख आउँदा आफनै गाडी लिएर आउनु पर्ने बाध्यता गरेको स्मरण गराउदै मन्त्री बास्कोटाले सरकारको निर्णय जाहेज भएको दाबी गरे ।

त्यस्तै राष्ट्रपतिले राष्ट्रपति कार्यालयसँगै रहेको प्रहरी एकेडेमी सार्न दबाब नदिएको पनि मन्त्री बास्कोटाले दावी गरे । राष्ट्रपति बाहिर जाँदा वा आउदा २÷३ घण्टा जाम हुने भएकोले एकेडेमी सारेर त्यहाँ हेलिप्याड बनाउँदा जनतालाई नै सजिलो हुने दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved