लेखाको वैठक अघी नै पर्यटनमन्त्री अधिकारीको राजीनामा ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 06, 2019 | 11:39:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बायुसेवा निगमको दुईवटा वाइडबडी बिमान खरिदमा भएको घोटालामा मुछिएका पर्यटनमन्त्री रबिन्द्र अधिकारिले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन। वाइड बडी जहाज खरिद प्रकृयामा उठेका बिषयबारे जानकारी दिन मन्त्री अधिकारिले सोमबार (पुष २३) गते बिहान १० बजे पत्रकार सम्मेलन डाकेका छन। 

सचिव र सम्बद्द अधिकारिको उपस्तिथीमा हुन लागेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारिले राजिनामा घोषणा गर्ने चर्चा छ। मन्त्री अधिकारिको राजिनामाको बिषय मिडियामात्रै नभई मन्त्रालय र मन्त्रीहरुबीच पनि चलेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। 'बाहिर मिडियामा  मात्रै होइन, प्रधानमन्त्री कार्यालयभित्र पनि मन्त्री अधिकारिले राजिनामा दिने बिषयबारे चर्चा छ, तर ठोस कुरा केहि आएको छैन, सम्भवत: राजिनामा आउदैन' स्रोतको भनाई छ।   

भोलि ११ बजेको सार्वजनिक लेखा समिति बैठकबाट मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन सिफारिस गर्ने तयारी भएकाले अधिकारिले राजिनामा दिन सक्ने सम्भावना प्रबल भएको नेकपाका एक उच्च नेताले बिजपाटीलाई बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved